Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। मन्त्री पाण्डेमाथि क्यासिनोलाई स्वीकृति दिँदा करोडौँ कमिशन लिएको आरोप लगाएका बजगाईंलाई पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण पेश गर्न निर्देशन दिएको थियो।

बजगाईंले सामाजिक सञ्जाल एक्स मार्फत माफी माग्दै आफ्नो अभिव्यक्तिले मन्त्री पाण्डेलाई चोट पुर्‍याएको स्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’

बजगाईंले गरेको आरोपपछि मन्त्री पाण्डेले पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए। यो विषयमा पार्टीभित्र गम्भीर छलफल भएको थियो।

तपाईको प्रतिक्रिया