Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – डिजिटल सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नियमनका लागि ट्राफिक प्रहरीलाई ४०८ वटा स्मार्टफोन हस्तान्तरण गरिएको छ। शुक्रबार ललितपुरको होटल गुडविल कनिबहालमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ती स्मार्टफोन हस्तान्तरण गरे।

मुख्यमन्त्री लामाले यी स्मार्टफोनको प्रयोगले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत गर्ने बताए। उनले नागरिकका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा ट्राफिक प्रहरीको कामलाई अझ प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने उल्लेख गरे।

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै ट्राफिक व्यवस्थापनमा सुधार गरिरहेको बताउँदै, आज हस्तान्तरण गरिएका स्मार्टफोन जस्ता साधनहरू ट्राफिक व्यवस्थापनमा अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया