Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरु भएको खबरले आफू अत्यन्तै खुशी भएको बताएका छन्।

उनले आफ्नो कार्यकालमा भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने विषयमा भारत सरकारसँग सहमति जुटाएको सम्झना गर्दै यस उपलब्धिले नेपालको ऊर्जा क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

दाहालले फेशबुकमा लेखेका छन्–

आज पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ । २०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।

तपाईको प्रतिक्रिया