Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो । डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डोजर अगाडि उनी सुतेपछि प्रहरीले उठाएर झ्याइकुटी पार्दै गौशाला प्रहरी वृतमा पुर्‍याएका हुन् । सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमीले आवाज उठाउँद आएका छन्। प्रहरीले गौशाला क्षेत्रका आधा दर्जन बढी घरमा डोजर चलाएको छ ।

महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो । अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल पनि भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया