काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्कबाट हुने भएको छ ।
एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो ।
एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ । नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.