Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुमा निगरानी सुरु गरेको छ। काउन्सिलले सामाजिक सञ्जाल, विशेषगरी युट्युब च्यानल र फेसबुक पेजमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन नयाँ कार्यविधि लागू गरेको हो। यसमा सञ्चार माध्यमसँग सम्बद्ध रहेका वा नरहेका सञ्जालहरूले सटीक सूचना प्रवाह गर्नुपर्ने बताइएको छ।

काउन्सिलले सामाजिक सञ्जालमा सञ्चालकको नाम र ठेगाना स्पष्ट हुनुपर्ने, साथै आपत्तिजनक सामग्रीको अनुगमन गर्दै सुधारात्मक कदम चालिरहेको छ। काउन्सिलको जारी विज्ञप्तिमा युट्युब र फेसबुक पेजहरूको प्रयोग व्यवस्थित गर्न नयाँ कार्यविधि तयार पारिएको उल्लेख छ।

समाजमा भ्रम फैलाउने, द्वन्द्व उकास्ने, अश्लील तथा अमर्यादित सामग्रीहरू सम्प्रेषण गर्ने पेजहरूको निगरानी गर्दै कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा जानकारी दिइने काउन्सिलले जनाएको छ।

काउन्सिलले सामाजिक सञ्जालको दुरुपयोग गरी गैरपेशागत सामग्री प्रकाशन/प्रसारण नगर्न र मिडिया आचरणको पालन गर्न आग्रह गरेको छ। यस्ता गतिविधिहरू रोक्न र सत्य तथ्यको प्रचार गर्न कानुनी प्रक्रियाको पालना गर्नुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ।

 

 

तपाईको प्रतिक्रिया