Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणाले विदेशीहरुलाई पनि नेपालका लागि विद्यार्थी भिसा दिने घोषणा गरेकी छन्। हाल नेपाली विद्यार्थीहरु कमसल विश्वविद्यालयमा अध्ययन गर्न विदेश जाने गरेको उल्लेख गर्दै, मन्त्री राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्न विदेशी विद्यार्थीहरुलाई भित्र्याउने तयारी भइरहेको बताइन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै, उनले माल्दिभ्सको भ्रमणका क्रममा त्यहाँका एक मन्त्रीले नेपालमा मेडिकल अध्ययनका लागि विद्यार्थी पठाउने इच्छा व्यक्त गरेको जानकारी दिइन्। मन्त्री राणाले नेपालमा विशेषगरी मेडिकल अध्ययनका लागि विदेशी विद्यार्थीहरु आउन इच्छुक रहेको बताउँदै, यस सम्बन्धमा सरकारले कदम चालिरहेको जानकारी दिइन्।

यद्यपि, उनले यो योजनाको विस्तृत तयारीबारे थप विवरण भने दिएकी छैनन्। अहिले नेपालमा बंगलादेश र भारतका विद्यार्थीहरु मेडिकल अध्ययन गर्न आउँछन् तर अन्य एसियाली देशका लागि विद्यार्थी भिसा प्रावधान नभएकाले उनीहरु आउन सकेका छैनन्। नेपालबाट हरेक वर्ष कम्तीमा १ लाख विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा अध्ययनका लागि विदेश जाने गरेका छन् । मन्त्री राणाले भने विदेशीहरुलाई पनि नेपालमा अध्ययनका लगि आउने ढोका खोल्दा विदेशी पर्यटकको संख्या बढ्नसक्ने संकेत गरेकी थिइन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया