Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य र नेतृ विमला गौचनको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा ६३ वर्षीय गौचनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख छ। गौचन नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिकी सदस्य र नेपाल महिला संघ म्याग्दीकी पूर्वअध्यक्षसमेत थिइन्।

गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो। राजनीतिमा सक्रिय रहेकी गौचन सफल पर्यटन व्यवसायी पनि थिइन्। उनले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएकी थिइन्।

गौचनको निधनमा पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। कांग्रेसले उनको निधनलाई अनुभवी महिला नेतृत्वको अपूरणीय क्षति भएको बताएको छ।

तपाईको प्रतिक्रिया