Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मानव तस्करी आरोपमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। ।

कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका अधिकारीलाई विमानमार्फत काठमाडौं ल्याएर अदालतमा पेश गरिएको थियो। अदालतले प्रारम्भिक रूपमा २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दिएको समय सकिएसँगै आज उनलाई पुनः उपस्थित गराइएको हो। अदालतले दिएको समय सकिएसँगै आज पुनः अदालतमा उपस्थित गराएपछि, थप १० दिनको म्याद माग गरिएको भए पनि अदालतले ७ दिनको मात्र अनुमति दिएको छ।

 

तपाईको प्रतिक्रिया