Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका रास्वपाकै नेताहरू तथा सांसदहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुने भएको छ । अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ताको प्रक्रियामा रहेको हो ।

सहरजिष्ट्रार अच्युत कुईकेलले भट्टराईको रिट दरपीठ गर्ने आदेश दिएका थिए । उक्त दरपीठ आदेश मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेको हो ।

अधिवक्ता भट्टराईले रास्वपा केन्द्रीय पदाधिकारी, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, सा‌ंसदहरू मनिष झा, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएर रिट लगेका हुन् ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए । त्यसबेलादेखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन गरिराखेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया