Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः ६ बुँदे स्पष्टीकरण माग गरेको छ। कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले घिसिङलाई सात दिनको समय दिएर स्पष्टीकरण पत्र पठाएका थिए। पत्र पठाएपछि तिहार र छठ बिदा परेको हुँदा आज नै घिसिङले जवाफ पठाउनुपर्ने अन्तिम म्याद हो। हालसम्म जवाफ नआएको मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण मागिएको थियो। यस पटकको स्पष्टीकरणमा पुरानो जवाफ समयमै किन नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमा असुल नगरेको, मन्त्रालयलाई सबै जानकारी किन नदिएको लगायतका विषय उठाइएको छ।

ऊर्जामन्त्री दीपक खड्का कुलमानलाई प्राधिकरणबाट हटाउन चाहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा समर्थन गरेको स्रोतले बताएको छ। त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया