Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर ०६, २०८१
Thursday, November 21, 2024

टोकियो – जापानको सानो तर प्रभावशाली विपक्षी दल डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी)का प्रमुख युइचिरो तामाकीले महिलासँग सम्बन्ध रहेको स्वीकार गरेका छन् । शिगेरु इसिबा नेतृत्वको सरकारका लागि ‘किंगमेकर’को रुपमा हेरिएका उनले आफू र एक मोडेलबीचको बाहिरको सम्बन्धको बारेमा आएको खबरलाई ‘मूलतः सत्य’ रहेको स्वीकार गरेका हुन् ।

फ्ल्यास साप्ताहिक पत्रिकाको अनलाइन संस्करणले ५५ वर्षीय तामाकी र ३९ वर्षीया मोडेल तथा कलाकारबीचको सम्बन्धको खबर सार्वजनिक गरेपछि तामाकीले तत्कालै पत्रकार सम्मेलन गरेर माफी मागेका छन् । कागवा क्षेत्रबाट निर्वाचित तामाकीले पत्रकार सम्मेलनमा भने, ‘रिपोर्ट गरिएका तथ्यहरू मूलतः सत्य हुन् । म मेरो परिवारसँग मात्र नभई ममाथि आशा राखेका जनतासँग पनि माफी चाहन्छु ।’

पत्रिकाले तामाकीलाई जुलाई र अक्टोबर महिनामा ती महिलासँग बारबाट बाहिर निस्किएको देखिएको फोटो पनि प्रकाशित गरेको थियो । महिलासँगको सम्बन्धबारेका समाचार बाहिर आएपछि आफूलाई श्रीमतीले समेत प्रश्न गरेको तामाकीले सुनाए । उनले अगाडि भने, ‘मेरो श्रीमतीले मलाई भनेकी थिइन्– (सबैभन्दा नजिकको मानिसलाई जोगाउन नसक्नेले देशको सुरक्षा कसरी गर्ने ?) म यो वाक्यलाई फेरि मनमा राख्दै आफ्ना काम र व्यवहारमा सुधार गर्नेछु । देश र जनताका लागि हितकर नीतिहरू कार्यान्वयन गर्न म समर्पित रहनेछु ।’

डीपीपीका प्रमुख तामाकीले पार्टी सदस्यहरूसँग आफूले पार्टी नेतृत्वमा रहनु उचित हुने वा नहुनेबारे छलफल गर्ने बताएका छन् । महासचिव शिन्बाले जनताले यस्तो साच्नपनि नसक्ने भन्दै माफी मागेका थिए । प्रतिनिधि तामाकीलाई समर्थन गर्ने हो ? भन्ने प्रश्नमा उनले तामाकी नेतृत्वमा रहने विश्वास व्यक्त गरे ।

डीपीपीले राजनीतिक गतिरोधबाट बच्न नीतिगत सहमतिमा पुग्ने लक्ष्य राख्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र यसको गठबन्धन साझेदार कोमेटो पार्टीसँग वार्ता सुरु गरेको छ । सत्तारूढ गठबन्धनले डीपीपीसँग सहकार्यको संकेत गरेपछि तर तामाकी विवादमा मुछिएपछि प्रधानमन्त्री  शिगेरु इसिबामाथि नैतिक दबाब बढेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया