Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्रीले मन्त्री हेरफेरबारे हालसम्म कुनै औपचारिक छलफल नभएको बताए। “दुई दलको सरकार भएकाले मन्त्री परिवर्तन गर्दा आपसी सहमति आवश्यक हुन्छ। तर, अहिलेसम्म यस्तो कुनै छलफल भएको छैन,” उनले भने।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धन २०८४ सम्म कायम रहने र १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

प्रधानमन्त्रीकाे चीन भ्रमणकाे विषयलाई लिएर दुई दल बीच खटपट भएकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे विषयलाई लिएर बेकामकाे हल्ला चलाइएकाे पनि बताएका छन्।

तपाईको प्रतिक्रिया