Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन् ।

उपसभापति वाग्लेले पोखरा पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई शुक्रबार साँझ भेट गरेको जानकारी दिएका छन् । सभापति लामिछानेको मनोबल उच्च रहेको आफूले पाएको वाग्लेको भनाइ छ ।

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको र खासै नयाँ कुरा नआएको वाग्लेले उल्लेख गरेका छन् । भेटका क्रममा लामिछानेले आफूसँग अर्काे ३ वर्ष ओली-राणा-देउवाकै शासन चले देशको के हाल होला भनेर चिन्ता व्यक्त गरेको वाग्लेले बताएका छन् ।

वाग्लेले शनिबार भनेका छन्, ‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो । सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र मनोबल उच्च रहेको पाएँ । ‘अर्को तीन वर्ष ओली-राणा-देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोल्युसन्स’ दिन पाएँ । तिहार-छठपछि सुशासनको बृहत् एजेन्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिन्छ ।’

रविविरुद्ध थप गरिएको ७ दिनको म्याद बिहीबार (कात्तिक १४ गते) सकिए पनि शुक्रबार (कात्तिक १५) देखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका हुन् । अब तिहार बिदा सकिएपछि कात्तिक २० गते मात्र अदालत खुल्नेछ । त्यसपछि मात्र उनीविरुद्ध अर्को म्याद थप्ने वा रिहा हुने भन्ने टुंगो लाग्नेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया