Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

टोकियो – भारी वर्षाले टोकियो-हकाता शिनकानसेन बुलेट ट्रेन सेवा अवरुद्ध भएको छ । शनिबार बिहान दक्षिणपश्चिम जापानको हाकातादेखि टोकियोसम्मको सबै शिनकानसेन बुलेट ट्रेन सेवा केही समयका लागि अवरुद्ध भएको हो ।

जापान मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रमा शनिबार र पूर्वी क्षेत्रमा आइतबारको लागि अस्थिर मौसमको पूर्वानुमान गरेको छ । पहिरो, नदीहरूमा बाढी, चट्याङ र आँधीको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

सान्यो शिनकानसेन लाइनको सञ्चालक, जेआर वेस्टले केही खण्डमा सुरक्षित सञ्चालनका लागि राखिएको पानीको मात्रा मापन गर्ने उपकरणले अधिकतम सीमा नाघेको बताएको छ । सुरक्षा जाँचपछि शनिबार सेवा पुनःसञ्चालन गरिएको छ । जेआर टोकाइले टोकियो र शिन-ओसाकाबीचको तोकाइदो शिनकानसेन लाइनको सेवा पनि पुनःसञ्चालन गरेको छ ।

शनिबार बिहानसम्म जापानको पश्चिमी क्षेत्रमा २४ घण्टामा ३०० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । आइतबार बिहान ६ बजेसम्म २४ घण्टामा पश्चिमको शिकोकु क्षेत्रमा २०० मिलिमिटर, मध्य जापानको तोकाइ क्षेत्रमा १८० मिलिमिटर र पूर्वको कान्तो-कोशिन क्षेत्रमा १२० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ, जसमा टोकियो पनि पर्दछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया