Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

संसारका कैयन् देशमा प्रधानमन्त्री आवास योजना अगाडि सारिएका हुन्छन् । तर इंग्ल्याण्ड सरकारले भने एउटा अनौठो योजना अगाडि सारेको छ । त्यहाँको सरकारले जनतालाई सडकबाट उठाएर सबै सुविधा निःशुल्कसहित घर बाँडिरहेको छ ।

विभिन्न रिपोर्टहरूका अनुसार उनीहरूको उपचारमा पनि एक पैसा खर्च हुने छैन । न त कुनै न शर्त लगाइएको छ । घरबारविहीनहरूलाई घर उपलब्ध गराउनु र सडकमा बस्नेहरूलाई राम्रो सुविधा प्रदान गर्नको लागि सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नहमले ‘हाउजिङ फर्स्ट’ नामक यो योजनाको सुरुवात गरेका छन् । कार्यक्रम अनुसार शुरुमा ४ सय जनालाई घर दिइनेछ । यसमा लाग्ने सम्पूर्ण खर्च केन्द्र सरकारले बेहोर्ने छ ।

मानसिक समस्याबाट ग्रसित र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिहरूलाई सबैभन्दा पहिले यो योजनाको लाभ दिइनेछ । यसअघि पनि ४ सय १३ जनालाई यो योजनाको लाभ दिइएको थियो । जसका कारण शहरका घरबारविहीनहरुले राम्रो बास पाएका छन् । उनीहरु सडकमा समेत देखिएनन् ।

फिनल्याण्डमा पहिलेदेखि नै छ यस्तो योजना
समाचारहरूका अनुसार फिनल्याण्ड सरकारको योजनाबाट प्रभावित भएर ग्रेटर म्यानचेस्टरमा पनि यस्तो योजना अगाडि सारिएको हो । फिनल्याण्डले आफ्नो देशमा कुनै पनि घरबारविहीन नहुने घोषणा गरेको थियो ।

घरबारविहीन मानिसहरू बस्ने वा देखिने कुनै पनि सडक हुने छैन । फलस्वरूप, राजधानी हेलसिन्कीमा तपाईंले कोही पनि खुलामा सुतिरहेको वा भिख मागिरहेको देख्नुहुने छैन । आज पनि त्यहाँको प्रशासनले यस्ता व्यक्तिको खोजी गरिरहेको छ । कसैलाई देखे पनि सरकारले तुरुन्त उठाउँछ ।

सन् १९८७ मा फिनल्याण्डमा १८ हजारभन्दा बढी घरबारविहीन मानिस थिए । जसले सडकमा रात बिताउने गर्थे । तीमध्ये अधिकांश मानिसहरू आफ्ना साथी वा परिवारसँग बसिरहेका थिए । तर हालैका तथ्याङ्कहरूले देखाउँछन् कि, अब सिंगो देशमा थोरै व्यक्तिले मात्र यस्तो गरेको देखिन्छ । किनभने सन् २००७ मा फिनल्याण्डले ‘हाउजिङ फर्स्ट’ नीति ल्याएको थियो ।

त्यस्ता व्यक्तिलाई खोजेर उपहारमा घर दिइयो । लागूऔषध सेवन गर्नेलाई उचित उपचारको व्यवस्था मिलाइएको छ । उनीहरुले आफ्नो काम गर्न सक्ने गरी सीप विकास तालीम समेत दिइएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया