Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – न्युजिल्याण्डले १४ वर्षपछि पहिलोपटक आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गएराति शारजाहमा भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो। टोलीका लागि जर्जिया प्लिमरले सर्वाधिक ३३ रन बनाइन् भने सुजी बेट्सले २६ र इसाबेला गेजले २० रनको योगदान गरे।

वेष्ट इण्डिजतर्फ डिएन्ड्रा डोटिनले ४ विकेट लिँदा एफी फ्लेचरले २ विकेट हात पारिन्। १२९ रनको लक्ष्यसहित ब्याटिङमा आएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो। वेष्ट इण्डिजका लागि डिएन्ड्रा डोटिनले सर्वाधिक ३३ रन बनाए पनि अन्य खेलाडीको प्रदर्शन कमजोर रह्यो।

न्युजिल्याण्डका लागि एडेन कार्सनले ३ विकेट लिए भने अमेलिया केरले २ विकेट र फ्रान जोन्स, ली ताहुहु, र सुजी बेट्सले एक–एक विकेट हात पारे। यो जितसँगै न्युजिल्याण्डले फाइनलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ, जसले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल भोलि राति पौने ८ बजे दुबईमा हुनेछ।

तपाईको प्रतिक्रिया