Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टीको मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले आज पक्राउ गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेर्टवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मै पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै राज्यले दादागिरी देखाएकोले डटेर सामना गर्न अपिल गरेका थिए। ‘देशले आशा र भरोसा गरेको थियो त्यसमाथि प्रहार भएको छ। यो प्रहारलाई हामी सामना गर्नेछौं। म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु,’ उनले भने, ‘तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु।’

रास्वपा फुटाउने र आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको उनको भनाइ थियो। ‘मैले कुनै पनि अपराध गरेको छैन, राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन्,’ उनले भने, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न यहाँहरूलाई साहस मिलोस् भन्न चाहन्छु ।’***

तपाईको प्रतिक्रिया