Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय रहेको टिप्पणी गरेका छन्। यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भनेर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। रिजालले त्यसको प्रतिवाद गर्दै फेसबुकमा लेखेका छन् कि सरकार मरेको छैन, बरु कानुनी प्रक्रिया अनुसार सक्रिय रहेको छ। उनले रवि लामिछानेलाई पक्राउ पुर्जी जारी हुनु न खुसीको कुरा हो, न दुखको, यो कानुनको प्रक्रिया भएको बताएका छन्।

रिजालले गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा र बालकृष्ण खाँडहरू पनि आफ्नै पार्टीको सरकार हुँदा पक्राउ परेका उदाहरण दिएका छन्। तर त्यो बेला कुनै राजनीतिक प्रतिशोध नभएको प्रष्ट्याउँदै अहिले पनि कानुनको बाटो चल्न दिनुपर्ने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया