Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

यस मुद्दामा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने व्यापारिक साझेदार रहेका छन्। सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ । प्रहरी अनुसन्धानले गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीहरूबाट अवैध रूपमा ६५ करोड ५४ लाख रुपैयाँ आएको पुष्टि गरेको छ।

लामिछाने र जोशी दुबै गोर्खा मिडियाबाट अलग भए पनि उनीहरूको संलग्नताका बेला नै अवैध रकम ल्याइएको तथ्य फेला परेको छ।

 

 

तपाईको प्रतिक्रिया