Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

काठमाडौँ – नेपाल वायुसेवा निगमले हालसम्म छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको छ। निगमले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये उक्त रकम भुक्तानी गरिएको जनाएको छ।

निगमले असोज ३० गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको बताउँदै दुई न्यारोबडी विमानको किस्ता पूरा गरेको र दुई वाइडबडी विमानको आंशिक किस्ता बुझाएको उल्लेख गरेको छ।

कोरोना महामारीका कारण निगमको व्यापारमा नकारात्मक असर परेकाले सो समयमा लाग्ने ब्याज, हर्जाना र पेनल छुट दिनका लागि अनुरोध गरिएको छ। साथै, किस्ताको सङ्ख्या बढाउन र भुक्तानीलाई सहज बनाउन कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग छलफल भइरहेको निगमले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया