Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

टोकियो – नेपालीहरुको महान पर्वहरु बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका पर्वहरुको अवसरमा ग्लोबल फोरम जापानले शुभकामना आदान प्रदान सहितको साँगीतिक साँझ गर्ने भएको छ ।

यहि अक्टोबरको २० तारिख आईतबारका दिन ओकुबोस्थित काठमाडौं लाउन्जमा अपरान्ह १२ बजेदेखि उक्त कार्यक्रम हुने आयोजक संस्थाकी अध्यक्ष मुना सुनारले समुद्रपारिलाई जानकारी दिईन ।

अध्यक्ष सुनारका अनुसार कार्यक्रममा वरिष्ठ गायक तथा टुङ्ना वादक बीरबहादुर बिक, गायक सुजन परियार, गजलकार ज्ञानलाल शाष्त्री, कलाकारहरु राज बिक, झरना बराईली र स्मृति बिश्वकर्माको साँगीतिक तथा साहित्यिक प्रस्तुती रहने छ ।

‘समतामुलक समाज निर्माणमा प्रवासी नेपालीहरु एक हौं’ भन्ने सँस्थाको मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली पर्वहरुको अवसरमा शुभकामना आदान-प्रदान गरिनुका साथै नेपालबाट जापान भ्रमणका क्रममा रहेका चर्चित कलाकारहरुको विशेष साँगीति प्रस्तुती रहने र उनीहरुलाई स्थानीय कलाकारहरुले पनि साथ दिने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा उत्साहजनक सहभागिताका लागि जापानबासी नेपालीहरुमा आयोजक संस्था ग्लोबल फोरम जापानले अपिल पनि गरेको छ ।***

तपाईको प्रतिक्रिया