Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन प्रमुख राजनीतिक दलका नेताहरूको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन्।

यस बैठकमा शान्ति प्रक्रिया सम्बद्ध विषयहरू, विशेष गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे छलफल हुने अपेक्षा गरिएको छ।

गत भदौ १३ गते राष्ट्रपति द्वारा यी आयोगहरू सम्बन्धी कानुनमा संशोधन गर्ने विधेयक प्रमाणीकरण भइसकेपछि यी विषयहरूलाई निष्कर्षमा पुर्याउने कार्यमा बैठक केन्द्रित हुनेछ।

 

 

तपाईको प्रतिक्रिया