Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान मानवलाई सहयोग गर्न काठमाडौं आइपुगेका छन्। साम्पाङले मानवलाई आफ्नोजस्तै भुइँ मान्छेका रूपमा चित्रित गर्दै उनको चुनावी अभियानलाई समर्थन जनाएका छन्।

साम्पाङले देशमा गफ गर्नेभन्दा काम गर्ने मानिसको खाँचो रहेको औँल्याउँदै कीर्तिपुरवासीलाई मानवजस्ता सफाइ अभियन्तालाई समर्थन गर्न आग्रह गरे। उनले भने, “७५३ स्थानीय तहमध्ये काठमाडौं, धरान र धनगढीको मात्र चर्चा हुने गरेको छ। अब कीर्तिपुरलाई पनि त्यही तहमा ल्याउन राजमान मानवलाई जिताउनुपर्छ।”स्वतन्त्र उम्मेदवार मानवले साम्पाङको समर्थनले आफ्नो चुनावी अभियानलाई सकारात्मक ऊर्जा मिलेको बताए। उनले भने, “कीर्तिपुरवासीले मेरो काम पहिल्यै देख्नुभएको छ। हर्कजीको उपस्थितिले थप मतदाताको ध्यान मेरो अभियानमा केन्द्रित गरेको छ।”

साम्पाङ आइतबार काठमाडौं आएका थिए र मंगलबार फर्कने तयारीमा छन्। चुनावी अभियानको क्रममा मानवले पुराना राजनीतिक दलहरूले गरेको फोहोर सफा गर्न आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया