Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यबाहक तोकेपछि विवाद चुलिएको छ। मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्रकुमार फागूलाई कार्यबाहक तोकेको विषय विवादित बनेको हो ।वडाध्यक्षलाई कार्यबाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् ।

उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वतः आफू कार्यबाहक हुने कानुनी व्यवस्था रहेको बताएका छन्। उनले नगरप्रमुखलाई कार्यबाहक तोक्ने अधिकार नभएको र उपप्रमुख अनुपस्थित भए मात्र अन्य सदस्यलाई जिम्मेवारी दिन सकिने उल्लेख गरेका छन्।

तर, वडा नम्बर ११ का अध्यक्ष फागूले आफूले कार्यबाहकको जिम्मेवारी सम्हालिसकेको र उपमेयरलाई जिम्मेवारी दिनुपर्ने विवादमा परिरहेको बताएका छन्। उनले आफूले कुनै माग नगरे पनि जिम्मेवारी दिइएको स्पष्ट पारे। कार्यबाहकको भूमिकामा कुनै अवरोध नभएको र प्रमुख प्रशासकीय अधिकृत तथा मेयरका स्वकीय सचिवसँग मिलेर काम गरिरहेको फागूले जानकारी दिए। मेयर साम्पाङ कात्तिक १७ गते नेपाल फर्कने बताइएको छ।

तपाईको प्रतिक्रिया