Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

टोकियो – एचएसबी (HSB) जापानले नयाँ शो-रुमको शुभारम्भ गर्नुका साथै आफ्नै ब्राण्डको सप्लीमेन्ट तथा कस्मेटिकजन्य वस्तुहरुको एकैसाथ सार्बजनिक गरेको छ ।

टोकियोको र्‍योगोकुस्थित कम्पनीको शो-रुममा शनिबार आयोजित एक समारोहकाबीच नयाँ शो-रुमको शुभारम्भ र नयाँ उत्पादनको सार्बजनिकरण एकैसाथ गरिएको हो ।

जापानमा लामो समयदेखि कन्टिनेन्टल रेष्टुरेन्ट, गेष्ट हाउस, रियल स्टेट, मानवसंशाधन, रेमिट्यान्स, जापानी भाषा स्कुल जस्ता क्षेत्रमा लगानी गरेर ब्यवसाय गर्दै आईरहेको जापानको एक प्रतिष्ठित कम्पनी एचएसबीले आफ्नै ब्राण्ड ‘किरा लाबो’ द्वारा उत्पादित स्वास्थ्यवर्द्धक सप्लीमेन्ट तथा कस्मेटिकजन्य वस्तुहरु नयाँ शो-रुमको शुभारम्भ संगै बजारमा ल्याएको हो ।

उक्त शुभारम्भ समारोहमा बोल्दै उक्त कम्पनीका कार्यकारी प्रमुख बिनोद शेरचनले परिवर्तित समय र सन्दर्भमा मानिसहरुका रुची र आवश्यकता पनि फेरिदैं गएको परिप्रेक्ष्यमा हरेक मानिस आज स्वास्थ्य, तन्दुरुस्त, फुर्तिलो, आकर्षक र जवान देखिन एवं रहन चाहन्छ, त्यसका लागि मानिसहरुले खर्च गर्ने प्रचलन पनि बढ्दै गईरहेको छ, त्यसैले यस बिषयमा जागरण ल्याउन र तत्सम्बन्धमा आवश्यक जानकारी सहित स्वास्थ्यबर्द्धक सप्लीमेन्ट सेवन गर्ने कल्चरको बिकास गर्दै जाने उद्देश्यले यसप्रकारका उत्पादनहरु बजारमा ल्याईएको जानकारी दिए । उक्त उत्पादनहरुलाई बजारीकरण गर्न, त्यसबारे जनचेतना जगाउन र विक्रिवितरणका लागि आधिकारिक एजेन्सीहरु मार्फत बजार बिस्तार गर्न नियमित काउन्सेलिङ सेवा र सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण कार्यक्रम पनि नियमित गरिने शेरचनले बताए ।

सार्बजनिकरण गरिएका उत्पादनहरुमा सौन्दर्यजन्य, स्वास्थ्यबर्द्धक, बूढ्यौली रोकथाम, रोगनिरोधक, जवानीपनको स्थिरता, पोषणयुक्त, गर्भवती महिलाका लागि विशेष लाभदायक हुने सप्लीमेन्टहरु रहेका छन् । एचएसबी कम्पनीले जापानको सम्बन्धित निकायबाट इजाजत लिई उत्पादन तथा विक्रिवितरण सुरु गरेको कार्यकारी प्रमुख शेरचनले बताए ।

एचएसबी कम्पनीको उक्त नयाँ शो-रुमको कार्यकारी प्रमुख शेरचन, एनआरएनए आइसीसी उपाध्यक्ष रोबिन शेरचन, कम्पनीका वरिष्ठ अधिकारीहरुले रिबन काटेर संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

एचएसबी कम्पनीको ‘किरा लाबो’ ब्राण्डका उत्पादनहरुको सशक्त ढंगले बजारीकरणका लागि जापानको बहुचर्चित कमर्सियल हब मानिने शिबुयास्थित इची मारु क्यु (109) फोरम भिजन, विभिन्न एफएम रेडियो तथा जापानका प्रतिष्ठित म्यागजिन पत्रिकाहरुमा समेत विज्ञापन फिचर भईरहेको कम्पनीले जनाएको छ ।
उक्त शुभारम्भ समारोहमा एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाली ब्यवसायी संघ जापान (NBA) का अध्यक्ष बिजय थकाली, उपाध्यक्ष शिवहरि पौडेल, नेपाल आदिबासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, तमु धी जापानका अध्यक्ष हिमाली गुरुङ, पूर्व अध्यक्ष रमेश गुरुङ, थकाली सेवा समितिका अध्यक्ष बुद्धि गौचन, संरक्षक शरदकुमार गौचन, तामाङ समाज जापानका अध्यक्ष कारसाङ तामाङ लगायतका संघसंस्थाका प्रतिनिधिहरु र ठूलो संख्याका जापानी ब्यवसायी तथा लब्धप्रतिष्ठित ब्यक्तिहरुको  उत्साहजनक उपस्थिति  रहेको थियो ।***
प्रोडक्टका बारेमा  थप जानाकारीका लागि होमपेज: https://kiralabo.jp/

तपाईको प्रतिक्रिया