Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बडादसैँको पाँच दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख ३७ हजारभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार असोज २४ देखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ यात्रुले यात्रा गरेका हुन्। यस अवधिमा आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका थिए।

दसैँको फुलपाती र महाअष्टमी/महानवमीका दुई दिनमा मात्रै ६३ हजार दुई सय ४२ यात्रुले हवाई यात्रा गरेका थिए। असोज १३ देखि २८ सम्म कुल चार लाख २७ हजार नौ सय ४६ यात्रुले हवाई यात्रा गरेका थिए। सोही समयमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको थियो।

बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो। दसैँ अवधिमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीहरूले बढी उडान भरेका थिए।

तपाईको प्रतिक्रिया