समाचार सुन्नुहोस :
काठमाडौँ – आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।