Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – एमाले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी थिए ।

सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । सोही क्रममा पाण्डेले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा बाहिर ल्याएकी हुन् ।

‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ उनले भनेकी छन् । व्यापार ब्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले बताएकीछन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले भनेकी छन् ।

उनले अहिले पनि समय नघर्किएकाले निर्णय सच्याउन अनुरोध गरेकी छन् । ‘समय घर्की सकेकेा छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गैारव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं’ उनले भनेकी छन् ।
एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थिए ।

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका-१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ ।
एमाले पार्टी कार्यालय एक वर्षभित्र निर्माण भइसक्ने बताइएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणका लागि शिलान्यास गरेपछि मीनबहादुर गुरुङले एमाले मुख्यालय भवन अत्याधुनिक र सुन्दर रूपमा निर्माण गरेर दिने प्रतिबद्धता व्यक्त गरेका थिए । गुरुङले आफूलाई विश्वास गरेर एमालेले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएका थिए । आफू एमालेनिकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताएका थिए ।

व्यवसायी गुरुङले एमाले केन्द्रीय कार्यालय भवन ९ रेक्टर स्केलको भूकम्पलाई पनि धान्ने गरी निर्माण गरेर २०८२ सालको दसैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौँ । एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छु, त्यसमा अन्यथा केही पनि छैन । मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ,’ गुरुङले भने, ‘यो भवन ९ रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौँ भन्ने प्रतिवद्धता जाहेर गर्दछौँ । यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।’ व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताएका थिए ।***

तपाईको प्रतिक्रिया