Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैर आवासीय नेपालीहरू निर्वाचित भएका छन्। आइतबार सम्पन्न विभिन्न नगरपालिका, जिल्ला र क्षेत्रीय चुनावहरूमा ११ जना नेपाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए। तिनमध्ये, लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना निर्वाचित भएका हुन्। २५ वर्षीया तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी थिइन्।

स्थानीय पत्रकार केजी राईका अनुसार बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्। गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए।

नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबिच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो।

 

तपाईको प्रतिक्रिया