Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनकामना केबलकार तीन दिनका लागि बन्द हुने भएको छ । मर्मतसम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार सञ्चालन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

यसअघि दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छ । सोहीकारण सेवा बन्द गर्न लागिएको हो ।

 

तपाईको प्रतिक्रिया