Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बडादसैँको दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ६३ हजार २ सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज २४ गते फूलपाती र असोज २५ गते (महाअष्टमी/महानवमी) का दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा गरी यो ठूलो संख्यामा यात्रुहरूले यात्रा गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, असोज २४ गते ३ सय १ आन्तरिक उडानमा १७ हजार ३ सय २९ र असोज २५ गते २ सय ७८ उडानमा १४ हजार ४ सय ३६ यात्रुले आन्तरिक हवाई यात्रा गरे। कुल ३१ हजार ७ सय ६५ यात्रु आन्तरिक उडानमार्फत यात्रा गरेका थिए।

अन्तर्राष्ट्रिय उडानतर्फ, असोज २४ र २५ गते समान १ सय ७ उडानमार्फत क्रमशः १६ हजार ५ सय ९ र १४ हजार ९ सय ६८ यात्रुले यात्रा गरे। जसले गर्दा कुल ३१ हजार ४ सय ७७ यात्रु अन्तर्राष्ट्रिय उडानमार्फत गन्तव्यतर्फ प्रस्थान वा आगमन गरे।

यसअघि असोज १४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरेर ५ सय ५९ उडान भएका थिए। जसमा ३५ हजार ७ सय ४ जनाले हवाई यात्रा गरेका थिए। असोज ११ र १२ मा बाढी तथा पहिरोले सडकहरू अवरुद्ध भएपछि हवाई यात्राको चाप उल्लेख्य रूपमा बढेको थियो तर अहिले अवस्था सामान्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया