Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

टोकियो – टाइगर ग्रुप अफ पोखरा नेपालको भातृसंस्था टाइगर ग्रुप अफ नेपाल जापान शाखाले हालसम्मकै ठूलो धनराशी पुरस्कार रहेको ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ आयोजना गर्ने भएको छ ।

खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानका लागि क्रियाशिल संस्था टाइगर ग्रुप अफ जापानले संस्था स्थापना भएपछिको पहिलो कार्यक्रम आगामी नोभेम्बर २८ तारिख (मंसिर १३ गते) उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव भिक्टर ठाडा मागरले समुद्रपारिलाई बताए । उक्त कार्यक्रम सम्पन्न गर्न संस्थाका वरिष्ठ उपाध्यक्ष नबिनकुमार गुरुङलाई कार्यक्रम संयोजक तोकिएको छ ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने सचिव ठाडा मगरले जानकारी दिएका छन् । जापानस्थित उशिकु उन्दो हल इबाराकीकेनमा सम्पन्न हुने उक्त प्रतियोगितामा बिजेता टिमले ५ लाख जापानी येनका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । यो पुरस्कार राशी हालसम्मकै ठूलो पुरस्कार राशी रहेको आयोजकको दावी रहेको छ । त्यसै गरी उपबिजेता टिमले जापानी येन ३ लाख तथा तेस्रो हुनेले जापानी २ लाख येन प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र अन्य विधागत खेलाडीहरुका लागि समेत नगद पुरस्कारको ब्यवस्था गरिएको छ । जसअनुसार उत्कृष्ट हुने खेलाडीले जापानी येन २५ हजार, उत्कृष्ट स्पाइकर, लिबेरो, डिफेन्डर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले जनही नगद १०-१० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिएका छन् ।

‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ सम्पन्न गर्न करीव ३० लाख जापानी येन खर्च हुने बताईएको छ । प्रतियोगिताका लागि नेपालबाट दुईजना अन्तर्राष्ट्रिय स्तरका रेफ्रीहरुलाई नेपाल भलिबल संघ मार्फत निमन्त्रणा पठाईएको संयोजक गुरुङले जानकारी दिए ।
खेल तथा सामाजिक क्षेत्रको अभियानमा क्रियाशिल रहन गत वर्ष टाइगर ग्रुप अफ पोखराको जापान शाखा गठन भएको हो । उक्त संस्थाको संरक्षकमा श्री गुरुङ र अध्यक्षमा चन्द्र खत्री रहेका छन् ।***

तपाईको प्रतिक्रिया