Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो दुई महिनामा नेपालले ७ अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युत् भारतलाई निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन र भदौ महिनामा वर्षायामको अतिरिक्त १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ पठाइएको हो। साउनमा ४९ करोड २८ लाख युनिट र भदौमा ५३ करोड ६२ लाख युनिट विद्युत् निर्यात भएको थियो।

साउनमा विद्युत् निर्यातबाट ३ अर्ब ९९ करोड रुपैयाँ र भदौमा ३ अर्ब ५५ करोड रुपैयाँ आम्दानी भएको थियो। दुई महिनामा निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेकोमा, साउनमा ८ रुपैयाँ ११ पैसा र भदौमा ६ रुपैयाँ ६२ पैसा प्रतियुनिट दर कायम भएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया