Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो नयाँ बोर्ड राखेको छ। मारवाडी सेवा समितिको विरोधका बाबजुद, महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ लेखिएको पुरानो बोर्ड हटाएर ‘काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको नयाँ बोर्ड राखेको हो।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि धर्मशाला खाली गराउने प्रक्रिया अघि बढेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्।।

बुधबार बिहानै महानगरको प्रहरी टोली गौशाला पुगेको थियो। त्यसको क्रममा मारवाडी सेवा समितिका पदाधिकारीहरूले विरोध गर्दै हट्नका लागि लिखित पत्रको माग गरेका थिए। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार गौशाला धर्मशालाको जग्गालाई सामाजिक, धार्मिक कार्य र सेवाका लागि आवश्यक पूर्वाधार विकास गर्न तथा सञ्चालन र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने सहमति भएको हो।

 

 

तपाईको प्रतिक्रिया