Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखरा ६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई एक बोतल पानीको लागि तोकिएको भन्दा बढी मूल्य लिएर बेच्दा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार २० रुपैयाँ पर्ने पानीको बोतललाई एक सय रुपैयाँमा बेचेपछि यो कारबाही गरिएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले पानी प्रशोधन कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिएर उपभोक्ता संरक्षण ऐन अनुसार रेस्टुरेन्टलाई कारबाही गरिएको जानकारी दिएका छन्।

एक ग्राहकले २० रुपैयाँ पर्ने मिनरल वाटरको बोतलको लागि १०० रुपैयाँ तिरेको बिलसहित प्रशासनमा उजुरी गरेपछि यो कारबाही भएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफाहरू अन्तर्गत सोही आधारमा जरिवाना गरिएको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया