Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘केन्द्रबिन्दु’ बन्न सक्ने जोखिम रहेको बताएका छन्। बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रचण्डले दक्षिण एसियामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताको उल्लेख गरेका हुन्।

उनले श्रीलंका र बंगलादेशमा देखिएका राजनीतिक घटनाक्रमलाई उदाहरण दिँदै नेपालले पनि त्यस्ता स्थितिबाट बच्न सचेत रहनुपर्ने आवश्यकता औंल्याए। हालैको पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणबारेको प्रशंगमा प्रचण्डले ज्ञानेन्द्र भुटान जाँदैमा नेपालमा राजतन्त्र नफर्किने दाबी गरे । उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन ।’

प्रचण्डले इतिहासको विकासको दृष्टिकोण, पूर्वराजा र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए । उनले भने, ‘इतिहासको विकासको दृष्टिकोणले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक हुँदैन । राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन ।’

 

तपाईको प्रतिक्रिया