Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन हरेक दिन करिब एक लाख मानिस बाहिरिन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ।

उनका अनुसार विगत तीन दिनदेखि दैनिक एक लाख यात्रुहरू उपत्यकाबाट बाहिर गइरहेका छन्। सोमबार र मङ्गलबार यात्रा गर्नेको सङ्ख्या आइतबारको तुलनामा बढेको उनले बताए। यसबाहेक, दैनिक सरदर ३० हजार मानिस भने राजधानीमा प्रवेश गरिरहेका छन्।

कार्कीका अनुसार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रुको चाप बढे पनि गत वर्षको दसैँ जस्तो घण्टौँ प्रतीक्षा गर्न नपर्ने अवस्थामा यातायात व्यवस्थापन गरिएको छ। यात्रुहरू अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग हुँदै आफ्ना गन्तव्यतर्फ जाँदै छन्।

तपाईको प्रतिक्रिया