Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ। उपमहानगर प्रमुख हर्कराज राई (हर्क सांपाङ)ले खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र लेखी फोहोर व्यवस्थापनमा आर्थिक सहयोग गर्न आग्रह गरेका हुन्।

पत्रमा राईले जंगलमा फोहोर फाल्दा प्रदूषण बढिरहेको भन्दै यसको व्यवस्थापन जरुरी भएको उल्लेख गरेका छन्। साथै, उनले फोटो खिचेर मात्रै राजनीति नगरी, फोहोर व्यवस्थापनका लागि आर्थिक सहयोग पठाउन पनि आग्रह गरेका छन्।

‘योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो। फोहोर जंगलमा फाल्ल्या व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ। वर्षेनी सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर विजोग हुन्छ। तार घेरा लाउन लाको बनका मान्छेहरु आएर डोजरले भत्काइदिए, राईले पत्रमा अगाडि लेखेका छन्, ‘यो विषयमा पत्र पठाको पनि धेरै भयो। अध्ययन गर्ने भन्छन्। कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानूनलाई प्रक्रिया माथि प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्यो। सेवां ढोग गरे फेरि पनि।’

 

 

तपाईको प्रतिक्रिया