Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पुन्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति सवा ९ बजे घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि अज्ञात समूहद्वारा धारिलो हतियारले प्रहार भएको हो। यो आक्रमणले गौतमको टाउकोको पछाडिको भाग र निधारमा गहिरो चोट पुर्‍याएको छ।

घटनापछि उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ, जहाँ हाल उनको अवस्था बोल्न सक्ने रहेको बताइएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार, आक्रमणको कारण र आक्रमणकारीको पहिचान अझै खुलिसकेको छैन। घटनाको अनुसन्धान प्रहरीले तीव्रताका साथ अघि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया