Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

नागोया – यतिबेला घर भन्दा टाढा रहेका नेपालीहरु आफ्ना परिवारजन तथा इष्टमित्र संगै दशैंतिहार मनाउन आफ्नो पुर्ख्यौली थातथलो फर्कने क्रम जारी छ । यस्ता चाडपर्वका बेला परिवार संगै मनाउने ईच्छा जो कोहीलाई हुनु स्वभाविकै हो । यसै परिवेशमा जापानमै रहेकी गायिका सुनिता अधिकारीले भने ‘दशैं आयो, तिहार आयो, गाउँ जान मन लाग्यो’ बजारमा ल्याएकी छिन् ।

सानै उमेरदेखि गीत-संगीतमा रुची राख्ने सुनिताले यसअघि धेरै गीत बजारमा ल्याईसकेकी छिन् । उनको ‘लुरुरु- हुरुरु, क्यारम मायालाई, सालैजो, खोलीको दोभानो, युके लाउरेलाई……’ जस्ता गीतहरु बजारमा आईसकेका छन् । ‘सानै उमेरदेखि गीत-संगीतमा लागियो, सोही क्रममा वैवाहिक जीवनमा पनि बाँधिन पुगियोँ – उनी पुराना दिन सम्झदैं भनिन् । ‘मेरो श्रीमान् पनि गीत-संगीतको क्षेत्रमै हुनुहुन्थ्यो, सोही क्रममा हामी वैवाहिक जीवनमा बाँधिन पुग्यौं’-उनले भनिन् । यतिबेला उनिहरु दुबैजना जापानमा छन्।

लमजुङमा जन्मिएकी सुनिता विगत केही वर्षदेखि जापानमा छिन् । जापानमा रहे पनि उनको नेपाली गीत-संगीत प्रतिको लगावमा भने कुनै कमी आएको छैन । उनि गायन संगै नृत्यमा समेत पोख्त छिन् । जापानको नागोया सहरमा रहेको तोकाई बाटिका इन्टरनेशनल स्कुलमा उनी अहिले नृत्य शिक्षिकाको रुपमा कार्यरत छिन् । उक्त स्कुल नागोयमा रहेका नेपालीहरूको सामुहिक लगानीमा सञ्चालनमा छ ।
सुनिताले ल्याएको पछिल्लो सिर्जनामा चाडपर्वको महत्व, पारिवारिक सम्बन्ध र गाउंघरको जीवनशैलीलाई उजागर गर्न खोजिएको छ ।

सुनिताले नेपाली गीत-संगीतलाई माया गर्न अपिल गर्दै पछिल्लो सिर्जना हेरेर-सुनेर प्रतिक्रिया दिन जापानबासी नेपालीहरुलाई अपिल पनि गरेकी छिन् ।***

तपाईको प्रतिक्रिया