Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – निर्माण सम्झौता भएको झण्डै दश वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो पुल बनेको हो। उक्त पुलको असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उदघाटन गरेका छन्।

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो। नारायणी नदीमा एक हजार पाँचसय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन्। २०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्ष भित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। साढे २३ करोडमा त्रिशुली आश्रय जेभीकन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो।

स्थानीयका अनुसार २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनबाट यहि क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए।

पछिल्लो दुई वर्ष यता पुल निर्माणको कामले गति लिएको हो। यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए। उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए। सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए। ‘आफ्नै भूमिभित्र जान पनि अर्को देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ। यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन। ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ। अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ।’ उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजोडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए।***

तपाईको प्रतिक्रिया