Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौ – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य भईरहेको छ । नेपालकै गौरव बढाउने यो आयोजना सफल भए देशको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । किनकि यो आयोजनामा सफलता प्राप्त हुने आधारहरू भेटिएका छन् । दैलेखको पञ्चकोशी तीर्थस्थल क्षेत्रमा सदिऔंदेखि निरन्तर ज्वाला बलिरहेको छ ।

नेपालकै प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ । यस क्षेत्रमा बग्ने खोलाको पानी माथि पनि आगो बल्छ । अधिकांशले यसलाई दैवी शक्तिको कारण भन्छन् । कैयौंले ज्वाला बलिरहेको क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे । खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँ पेट्रोलियम पदार्थ रहेको पुष्टि हुने आधार उत्तिकै थियो । खानी तथा भूगर्भ विभागले यहाँ विगत चार दशकयता सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो । पछिल्लो पटक यहाँ परिणाम दिनेगरि पेट्रोलियम पदार्थ अन्वेषणको काम चलिरहेको छ । पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन चिनियाँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेका छन् । यसअघि टोलीले विभिन्न सर्भेको काम सकेको थियो । सोहि सर्भेबाट पेट्रोलियम र प्राकृतिक ग्यास छ भन्ने प्रमाणित भएपछि परिमाणसमेत पत्ता लगाउन ड्रिलिङ कार्य चलिरहेको छ । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत अन्वेषणात्मक

(वेल) ड्रिलिङको काम हालसम्म ५५ प्रतिशत सकिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना-एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सिजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ सुरु भएको थियो । हालसम्म ५५ प्रतिशत ‘ड्रिलिङ’ अर्थात् जमिन छेड्ने काम सम्पन्न भएको छ । ड्रिलिङ भनेको पेट्रोलियम पदार्थबारे अन्तिम पुष्टि हो । पेट्रोलियम अन्वेषणमा बाहिरबाट जतिसुकै अप्रत्यक्ष रूपमा अध्ययन गरे पनि वास्तविकताबारे जमिनमा ‘ड्रिल’ नगर्दासम्म पत्ता लगाउन सकिँदैन ।
चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म २ हजार ३ सय ५७ मिटर ड्रिलिङ भइसकेको छ, यहाँ पेट्रोलियम पदार्थको छ वा छैन, छ भने कति मात्रामा छ भन्नेबारे ड्रिलिङको काम सम्पन्न भएपश्चात् मात्र भन्न सकिने आयोजनामा खटिएका अधिकारीहरुले बताएका छन् ।***

तपाईको प्रतिक्रिया