Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – संघीय सरकारका गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको एक टोली आज बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गर्नको लागि जाने भएका छन्।

टोलीले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोकका प्रमुख प्रभावित स्थानहरूको अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनर्निर्माणबारे जानकारी लिने भएका हुन्।

उनीहरू काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा र ललितपुरको गोटीखेलमा पुगेर, त्यहाँको क्षतिको मूल्यांकन तथा सहयोग कार्यक्रमहरूका प्रगति र पुनर्निर्माण प्रक्रियाको स्थलगत जानकारी लिनेछन्। टोलीले बाढीपहिरोले पु-याएको क्षतिको अध्ययन गर्नुका साथै प्रभावित क्षेत्रमा सञ्चालित राहत, पुनःनिर्माण र सडक पूर्वाधार पुनःस्थापनाबारे छलफल गर्ने योजना राखेको छ।

तपाईको प्रतिक्रिया