Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ –  गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। उनले पनौती नगरपालिका वडा नं १२ को कलाँती भूमिडाँडा र बेथानचोक गाउँपालिका वडा नं ४ को पाटीखर्क, सलान्दुबगर, र चलालगणेस्थानको क्षेत्रको स्थिति अवलोकन गरे।

रोशी खोलामा आएको बाढीका कारण पनौतीको रोशी बजार क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। निरीक्षणका क्रममा गृहमन्त्रीले स्थानीय बासिन्दासँग अवस्था बुझेर, उनीहरूको पीडा सुनेका छन्। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले नगरमा बाढीपहिरोले पुर्‍याएको क्षति, जनताका आवास, खाद्यान्न, र स्वास्थ्यमा परेको असरबारे जानकारी गराए। नगरपालिकाले उद्धार र राहत कार्यलाई तीव्रता दिएको जानकारी पनि दिए।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोले जनतालाई पुर्‍याएको कठिनाइबारे गृहमन्त्रीलाई अवगत गराए। उनले पालिकाले खोज, उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य सेवा, र यातायातको पुनर्स्थापनामा काम गरिरहेको बताए। गृहमन्त्री लेखकले आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पनि भाग लिएर विपद्को प्रभावबारे थप जानकारी लिने र अन्य प्रभावित क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

 

 

तपाईको प्रतिक्रिया