Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी, इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पूरा भइसकेको छ। तर उहाँको अवस्था अझै अज्ञात नै छ। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा पर्नुभएको हो ।

गत वर्ष असोज २० गतेको हमास आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिन त्यसयता सम्पर्कविहीन छन्। नेपाली दूतावास र नेपाल सरकारले उहाँको खोजीका लागि विभिन्न प्रयास गरे पनि हालसम्म उहाँको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

 

 

तपाईको प्रतिक्रिया