Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन विशेष निर्देशन दिएका छन्। आज ललितपुरको जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले तत्काल राहत उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।

बैठकमा मन्त्री लेखकले हेलिकप्टर लगायतका स्रोतसाधनको प्रयोग गरी पनि राहत सामग्री वितरण गर्न निर्देशन गरेका हुन्। उनका अनुसार, आपतकालीन परिस्थितिमा उद्धार र राहत कार्यमा ढिलाइ नगरी सबै उपलब्ध साधनहरूको पूर्ण प्रयोग गर्न भनेका छन्।

‘विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ,’ उनले भने, ‘बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रूपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।’

तपाईको प्रतिक्रिया