Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति तीव्र गतिमा बढ्दै गएको छ। हाल जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। ब्लूमबर्गको बिलेनियर्स इन्डेक्समा उनी अमेजनका संस्थापक जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचका बर्नार्ड आर्नोल्टलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।

सूचक अनुसार जुकरबर्गको हालको कुल सम्पत्ति २ खर्ब ११ अर्ब डलर पुगेको छ। उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् । मस्कको सम्पत्ति भने २ खर्ब ६३ अर्ब डलर छ। यो वर्ष सुरु भएयता जुकरबर्गको सम्पत्ति ८२ अर्ब डलरले बढिसकेको छ ।

केही समयअघि मात्र उनले २ खर्ब डलर क्लबमा प्रवेश गरेका थिए। सन् २००४ मा फेसबुक स्थापना गरेका जुकरबर्गको अधिकांश सम्पत्ति मेटाको सेयरमा आधारित रहेको छ।

 

 

तपाईको प्रतिक्रिया