Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौँ – काठमाडौँ उपत्यकामा दसैँको अवसरमा पश्चिम तराई र आसपासका जिल्लाहरू सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम सुरु भएको छ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी र पहिरोका कारण खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर, र काभ्रेबाट खसीबोका ल्याउन कठिनाइ भएको छ। हरेक वर्ष दसैँमा करिब ४५ हजार खसीबोका उपत्यकामा भित्रिने गरेका छन्। साथै, मनाङ र मुस्ताङबाट भेडा-च्यांग्रा पनि ल्याइन्छ।

हाल काठमाडौँमा तराईका खसी प्रतिकिलो रु ७२० देखि रु ७५५ सम्ममा, पहाडी खसी रु ६७० देखि रु ७०५ सम्ममा, बोका रु ६७० देखि रु ७२० सम्ममा र च्यांग्रा प्रतिकिलो रु १३०० मा बिक्री भइरहेको छ। टुकुचा खोला किनारको बजारबाट मात्र ११ हजार खसीबोका बिक्री हुने गरेको अध्यक्ष खत्रीले जानकारी दिएका छन्।

सिङमा हरियो रङ छिटेको हेर्नुस्

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले रासससँगको कुराकानीमा भन्नुभयो, “स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।” विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो ।

 

तपाईको प्रतिक्रिया