Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिबार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।

भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ । यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १-१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।

सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया